Karuna | Buy Books Online | Books Land Nepal
Back to shop
Karuna

Karuna

Author: Radhika Shakya

Rs 595

हाम्रा बिहेप्रति बाका केही असहमति जरूर थिए । त्यतिबेलाका बाका असहमति एक न एक दिन मिल्दै जानेछ भन्ने मेरो विश्वास समयक्रममा पुष्टि भयो । मेरो जीवनका सबैभन्दा महत्त्वपूर्ण दुई पुरुषः मेरा बा र केपी सर । मेरा बा, जसबाट म जन्मिएको थिएँ अनि केपी सर, जोसँग म अन्मिएको थिएँ । बाको हात चलुन्जेल केपी सरले लगाउने कोट बाकै हातले सिलाएका हुन्थे । मेरा बाको हातको सीप केपी सरको शरीरमा कोट बनेर सजिन्थ्यो । केपी सरको शरीरमा सजिएको त्यो कोट फगत एउटा कपडा मात्र नभएर ज्वाइँससुराबीच सम्बन्ध र भावनालाई जोड्ने सेतु थियो । बाको शिल्पी केपी सरको शरीरमा सजिंदा बनेको सुन्दरताको परिभाषा केवल मेरा आँखाले मात्र पहिल्याउन सक्थे । Read more at: https://thuprai.com/book/karuna/?srsltid=AfmBOorL1329E2hkoOvi6EnXVKPTZ14oJcYz8ytRzDa2rBt0dKb5xS3j

1
Author: Radhika Shakya