Back to shop
Khalangama Hamala खलंगामा हमला
Nepali

Khalangama Hamala खलंगामा हमला

Author: Radha Paudel

Rs 365

'बा, हामी गरिब छौ है ?' 'हामीभन्दा गरिब त जुम्लामा बस्छन् ।' 'बा, तिनीहरूसँग लाउनेखाने पनि छैन ?' 'पुग्दो छैन ।' 'पढ्न नि पाउँदैनन् ?' 'धेरैले पाउँदैनन् ।' 'अनि हामीजस्तै अँध्यारैमाबस्नुपर्छ हो ?' 'हामीभन्दा नि अँध्यारोमा बस्छन्, तिमीले धेरै पढेर जुम्लाका गरिबहरूको सेवा गर्नुपर्छ है ।' राधा पौडेल चितवनमा नर्सको सरकारी जागिर छाडेर सुरक्षित मातृत्व कार्यक्रमका लागि जुम्ला गएकी थिइन् । कर्णालीका सामाजिक र स्वास्थ्यगत् समस्या केलाउँदै थिइन्, माओवादीको सदरमुकाम आक्रमणको रात आफै सशस्त्र द्वन्द्वको भुक्तमान भइन् । कार्यक्रम सकियो, उनको जुम्ला बसाइ सकिएन । निरन्तर सामाजिक सक्रियताबापत् उनलाई नेपाल सरकारले 'युवा प्रतिभा पुरस्कार २०७०' बाट सम्मानित गरेको छ । उनलाई संयुक्त राज्य अमेरिकास्थित युनिभर्सिटी अफ स्यानडियागोले 'वुमन पिसमेकर - २०१२' र राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) ले 'एन-पिस अवार्ड २०१२' सम्मान प्रदान गरेका छन् ।उनको यो पहिलो कृतिले २०७० को मदन पुरस्कार प्राप्त गरेको छ । All Editions

1
Categories: Nepali
Author: Radha Paudel

Trademark Disclaimer:

All trademarks, book titles, and brand names are the property of their respective owners and are used solely for identification purposes.