Torkin तोरकीन | Buy Books Online | Books Land Nepal
Back to shop
Torkin तोरकीन
Nepali

Torkin तोरकीन

Author: Kshitiz Samarpan

Rs 650

सपनाहरूको कुनै भूगोल हुन्छ कि हुँदैन ? सुदूर गाउँमा आदिम जिन्दगी बाँचिरहेका मानिसका सपना के-के थिए, के-के छन् ? सपनाको बाटो पछ्याउँदै उनीहरू कहाँ-कहाँ पुग्छन् ? सपनाको अग्लो हिमालमा कतिन्जेल टिक्छ सम्बन्धको न्यानो हिउँ ? कि पग्लेर मन पनि कालापत्थर बन्छ- हिमालजस्तै ? हिमालपारिको जिल्ला मुस्ताङको पनि माथिल्लो भेगमा छ एउटा गाउँ- चराङ । त्यही चराङको एक सामान्य युवाको जीवनमा आउने आरोह-अवरोह तथा सपना र सम्बन्धहरूको कथा हो- तोरकीन । माथिल्लो मुस्ताङको जन्म, विवाह, मृत्यु-संस्कार, रहनसहन, बसाइँसराइ, संस्कृति, परम्परा तथा गुम्बा र दरबारको सामाजिक, सांस्कृतिक एवम् भौगोलिक इतिहासको कथा हो यो । रित्तिंदै गएका वस्ती, पग्लिँदै गरेका हिमाल, चिसिँदै गएका सम्बन्ध, हराउँदै गएका संस्कार, परम्परा र संस्कृतिको कथा तोरकीनले पाठकलाई फेरि मानव सभ्यताको जरामा फर्काउनेछ ।

1
Categories: Nepali
Author: Kshitiz Samarpan