विद्यार्थी आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गर्ने क्रममा उहाँले पटक-पटक हिरासत र जेल यातना पनि भोग्नुपरेको थियो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट दर्शनशास्त्रमा स्नातक र चित्रकलामा पनि स्नातक तहसम्मको अध्ययन गर्नुभएको छ । राष्ट्रिय समाचार समितिको महाप्रबन्धक, रेडियो नेपाल सञ्चालक समिति सदस्य, रेडियो नेपालद्वारा प्रसारित त्यस समयको बहुचर्चित कार्यक्रम ‘घटना र विचार’को सञ्चालक र निजी क्षेत्रबाट सञ्चालित पहिलो टेलिभिजन च्यानल नेपालको निर्देशक भएर आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएको छ । २०५१ सालमा दर्ता गरिएको ‘घटना र विचार’ साप्ताहिकको संस्थापक प्रधानसम्पादक तथा घटना र विचार डटकम (अनलाइन न्युज पोर्टल)को पनि सम्पादकका रूपमा उहाँ कार्यरत हुनुहुन्छ।
Tushanal तुषानल: नेपाली राजनीतिकको अन्तर्य
₨ 595.00 ₨ 570.00
तीन दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय देवप्रकाश त्रिपाठीको तेस्रो कृति हो- ‘तुषानल’ । नेपाली राजनीतिको गर्भमा भएका रोचक तथा संवेदनशील घटनाहरू यस पुस्तकमा समेटिएको छ । यसअघि उहाँका जगत् र पर्यावरणमा आधारित काल्पनिक उपन्यास ‘प्रलय प्रारम्भ’ र ऐतिहासिक घटनामा आधारित ‘महानिशा’ प्रकाशित छन् । चौध सयभन्दा बढी फुटकर लेख-रचनाहरू प्रकाशित गरिसक्नुभएका त्रिपाठीको लेखनमा दार्शनिक भाव र राजनीतिका सूक्ष्म केनाहरूको विवेचनात्मक विशिष्टता पाइन्छ ।
वि.सं. २०२१ म धादिङमा जन्मनुभएका त्रिपाठी विद्यालय जीवनमै राजनीतितर्फ आकर्षित हुनुहुन्थ्यो ।
Category: Bestseller
Tags: Tushanal, तुषानल
Description
Reviews (0)
Be the first to review “Tushanal तुषानल: नेपाली राजनीतिकको अन्तर्य” Cancel reply
Reviews
There are no reviews yet.