
Binod Chaudhary (विनोद चौधरी): आत्मकथा
Author: Sudeep Shrestha
एसएलसीमा बोर्ड पाँचौ भएका विनोद चौधरीले पारिवारिक कपडा व्यापारको घेराबाट बढेर डिस्को खोले । एल्बम निकाले । फिल्म बनाए । वाइवाइ उत्पादन थाले । उनको चौधरी ग्रुप अहिले बैँक, बिमा, फाइनाँस र हाउजिङदेखि सफ्ट डिङ्क, बियर, चुरोट, खाद्यवस्तु र इलेक्ट्रोनिक सामग्री उत्पादनसम्म फैलिएको छ । उनले निजी क्षेत्रको पहिलो औद्योगिक पार्क “ गंगादेवी चौधरी उद्योग ग्राम” स्थापना गरेका छन् । चौधरीले विदेशीसँगको साझेदारीमा दक्षिण तथा दक्षिणपूर्वी एसिया र मध्यपूर्वी होटल, रियलस्टेट र उत्पादनमुलक क्षेत्रमा लगानी गरेका छन् । भारतको ताज ग्रुप र थाइल्यान्डको इनभिजनसँग संयुक्त लगानी गरेको छन् । शाही परिवार, प्रधानमन्त्री तथा नेताहरुदेखि प्रभावशाली विदेशी व्यावसायिकहरुसम्मको उनको नालीबेली सम्बन्ध चाखलाग्दो छ । यो आत्मकथा विनोद चौधरी सँगसँगै नेपालको अग्रणी व्यापारिक घराना चौधरी ग्रुपको आरोह-अवरोहको गाथा हो ।
Trademark Disclaimer:
All trademarks, book titles, and brand names are the property of their respective owners and are used solely for identification purposes.

-1745567583492.jpg?size=sm)


-1743264885138-1744121551173-1744123122624-1745659156050.jpeg?size=sm)
