गोरखादेखि नारायणहिटीसम्म राजा वीरेन्द्र (Gorkhadekhi Narayanhitisamma Raja Birendra )
Author: Prakashchandra Karki, Gyanmani Nepal, Jagadeshachandra Regmi, Dilbahadur Kshetri
पछिल्लो बाहिरी पृष्ठबाट एकताको प्रतीकका रूपमा राजा वीरेन्द्र राजा वीरेन्द्र एक विशारद तथा बहुआयामिक व्यक्तित्व, कुशल शासक, दूरदर्शी राजनेता एवम् एक सच्चा प्रजातन्त्रवादी र राष्ट्रवादी राजा थिए । मौसुफ सरकारको शासनकाल मुलुकको चौतर्फी विकास तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत झनै व्यापकरूपमा आफ्नो पहिचान कायम गर्न सफल रह्नयो । समग्रमा राजा वीरेन्द्रको सफल नेतृत्व यस मुलुकको अस्मिता र भविष्य उज्ज्वलका लागि एक ओजस्वी मार्गनिर्देश बन्न पुग्यो । विशारद व्यक्तित्व र प्रखर राष्ट्रवादी सोचाइ, चिन्तन र त्यसलाई जनचाहना एवम् मुलुकको भविष्यलाई राम्रो मनन गर्दै व्यवहारमा उतारे उनले । उनी आफ्नो जीवनपर्यन्त जनताको हित, उन्नति र राष्ट्रिय अखण्डता र अस्मिता रक्षा खाँतिर समर्पित रहेर एक असल प्रजातन्त्रवादी राजा र कुशल शासकको राम्रो परिचय दिए । तर दलगतभन्दा पनि निहित व्यक्तिगत पदलोलुप दलका नेताहरू, बुद्धिजीवी भनाउँदाहरूसमेतले राजा वीरेन्द्रप्रति पनि नकारात्मक प्रलाप नगरेका हैनन् । राजा वीरेन्द्रको अवशानपछि भने उनीहरूसमेत उनको यथार्थ मूल्याङ्न गर्दैछन् । विखण्डित मुलुकलाई पुनः एकीकृत गरी शाहवंशीय राजाहरूले आफूहरूलाई राष्ट्रिय अखण्डताको संरक्षक र एकताका प्रतीकका रूपमा उभ्याई मुलुकलाई सबल नेतृत्व प्रदान गर्दै आएको प्रसङ्ग पनि ऐना जस्तै छर्लङ्ग छ । आफ्ना पूर्वजहरूले स्थापित गरेको मूल्य र मान्यतालाई हृदयदेखि नै आत्मसात् मात्र नगरी त्यसलाई मूलमन्त्रका रूपमा व्यवहारमा कनै खरो रूपमा राजा श्री ५ वीरेन्द्रले उतारे ।
Trademark Disclaimer:
All trademarks, book titles, and brand names are the property of their respective owners and are used solely for identification purposes.

![मेरो पट्टु, मेरो बिरालो [Mero Pattu Mero Biralo]](https://api.bookslandnepal.com/images/155027506-1773649584666.jpg?size=sm)

![पुष्कर शाह: संसारलाई साढे पाँच फन्को [Sansarlai Sadhe Panch Phanko]](https://api.bookslandnepal.com/images/23158659-1777185437470.jpg?size=sm)
