Hridaya हृदय | Buy Books Online | Books Land Nepal
Back to shop
Hridaya हृदय
Nepali

Hridaya हृदय

Author: Bhagawan Koirala, भगवान कोइराला

Rs 635Rs 650

पछिल्लो बाहिरी पृष्ठबाट लगनशील, मिहिनेती, इमानदार चिकित्सक मात्र होइन, उस्तै सफल व्यवस्थापक पनि । भगवान कोइरालाको यो पुस्तक पढेपछि थाहा हुन्छ- सत्कर्म गर्नेहरुका लागि हाम्रो राजनीति कति साधक हो, कति बाधक ! कोइरालाको यो संस्मरणात्मक कृतिले नेपालको चिकित्सा क्षेत्रका समस्या, समाधान, उपलब्धि र सम्भावनाको ऐना त देखाउँछ नै, सँगै चिकित्सा क्षेत्रलाई जनजनमा पनि पुऱ्याउनेछ । र बनाउनेछ कसैलाई भावुक अनि कसैलाई उत्प्रेरित । कोइरालाले अनेकौ अवरोध, प्रलोभन, समस्या र अस्तव्यस्तताबीच जेजति गर्न सके, त्यसबारे पढेपछि नास्तिक पनि हुनेछ आस्तिक र भन्नेछ- भगवान (कोइराला), सलाम ! अपरेसन थिएटर बाहिरको कथा बाह हजारभन्दा बढी मुटुको शल्यक्रिया गरेका डा. कोइरालाले नेपालमा बालबालिकाको उपचारका निम्ति बहुविशिष्टीकृत अस्पतालको अभाव महसुस गरे । त्यही अभाव कम गर्न र पैसा अनि पहुँच नभएका वा भएर पनि नेपालमा उपचार सम्भव नभएका कारण कुनै पनि बालबालिकाले ज्यान गुमाउनु नपरोस् भन्ने हेतुले बाल अस्पताल निर्माणको योजना बनाए ।

1
Categories: Nepali
Author: Bhagawan Koirala, भगवान कोइराला