Back to shop
Pariwar Sukha परिवार सुख
Self Help

Pariwar Sukha परिवार सुख

Author: Dr. Raju Adhikari

Rs 580

जीवनको सर्वस्व हो परिवार । आफ्नोपनको अर्थ र परिभाषा हो परिवार । प्रेमको एक सुरम्य उपवन हो परिवार । समृद्धि र संस्कृतिको मेरूदण्ड हो परिवार । त्यो नै परिवार हो, जसले हामीलाई जिउन सिकाउँछ । गरिखाने ढङ्ग सिकाउँछ । समस्या समाधान गर्ने आत्मबल दिन्छ । तनाव र पीडालाई खुसीमा बदल्ने प्रेरणा दिन्छ । हर परिस्थितिमा साथ र अपनत्व दिन्छ । दुःखको क्षणमा सहारा दिन्छ । जीवनभरि काम लाग्ने संस्कार सिकाउँछ अनि शुभ भावनाको पोषण दिन्छ । परिवार नै त्यो प्रेमालय हो, जहाँ सम्बन्धहरू हुर्कन्छन् । क्षमताहरू मौलाउँछन् । भावनाहरू पल्लवित हुन्छन् । विश्वासहरू परिपोषित हुन्छन् र व्यक्तिको आन्तरिक क्षमता प्रस्फुटित हुन्छ । जहाँ सबै आफ्ना हुन्छन् र सबैबीच अपनत्वको विनिमय हुन्छ, त्यो नै परिवार हो । र यस्तै परिवार सुखी परिवार हो । यस्तै सुखी परिवारको कुण्डली चित्रण गर्ने पुस्तक हो, परिवार सुख ।

1
Categories: Self Help, Nonfiction, Nepali, Family
Author: Dr. Raju Adhikari

Trademark Disclaimer:

All trademarks, book titles, and brand names are the property of their respective owners and are used solely for identification purposes.