Back to shop
छाइल [Chhail]
Nepali

छाइल [Chhail]

Author: Lokraj Bhatta

Rs 475

डोट्याली भाषाको शब्द ‘छाइल’ को अर्थ हुन्छ–छाया। यस उपन्यासमा सुुदूरपश्चिम प्रदेशको डोट्याली सभ्यताका छाया र प्रतिछाया सलबलाएका छन्। यसमा पूर्खाको संस्कृति, रहनसहन र स्वाभिमानको छाइललाई उजिल्याउने जर्मको गरिएको छ। सहरमा अनेक हन्डर र ठक्कर खाँदै भौतारिएको जीतु आखिर गाउँको विश्वविद्यालय भर्ना हुने भन्दै किन फर्कियो त? उपन्यासमा पाठकले यसको सुखद समाधान पाउने छन्। पिता र पुत्रबीचको सम्बन्ध पनि उपन्यासको सुन्दर पाटो हो। जितुका बा निकै मायालु लाग्छन्। जितुसँग उनको सम्बन्ध पुत्रवत्भन्दा मित्रवत् छ। यसमा धेरै बाहरूका जिन्दगीका नभनिएका आत्मीय कथा भेटिने छ। जितुका बा, आमा, दिदी, छिमेकी दुर्वासा, दयाराम अनि उसका ग्रामीण साथीहरूको कथाले पाठकलाई गाउँकै आँगनमा पुर्‍याउँछ। ‘छाइल’मा माटोको रङ मजाले पोतिएको छ। प्रकृतिको संगीतले मनलाई शीतलो पारिदिन्छ। डेउडाका झङ्कारहरूले मनलाई नृत्यमग्न पारिदिन्छन्। सुन्दर शब्दशिल्पका कारण पहिलो पानादेखि अन्तिम पानासम्म कतै रोकावट छैन। संवाद सूक्तिमय छन्। यस उपन्यासलाई काव्याख्यान वा काव्यान्यास भने पनि हुन्छ।

1
Categories: Nepali
Author: Lokraj Bhatta

Trademark Disclaimer:

All trademarks, book titles, and brand names are the property of their respective owners and are used solely for identification purposes.