![पुष्कर शाह: संसारलाई साढे पाँच फन्को [Sansarlai Sadhe Panch Phanko]](https://api.bookslandnepal.com/images/23158659-1777185437470.jpg?size=lg)
पुष्कर शाह: संसारलाई साढे पाँच फन्को [Sansarlai Sadhe Panch Phanko]
Author: Pushkar Shah , Bhupendra Khadka
एघार वर्षचार हजार पन्ध्र दिन दुर्इ लाख एक्काईस हजार किलोमिटर तीनवटा साइकल दुर्इ सय सत्तरीवटा टायर एक सय पन्चानब्बेवटा ट्युब सत्र सय असीपटक टायर पन्चट एक सय चालीसवटा चेन छब्बीस जोडी प्याडल चौधवटा हेल्मेट त्रिपन्न जोडी पन्जा एक सय चौध जोर साइक्लिङ ड्रेस एकासीवटा चश्मा र, असंख्य जुत्ता, मोजा, घडी, क्याप ... संसारमा म जहाँ जहाँ पुगेँ, त्यहीँका मान्छेले दिए, प्रयोग गरेर फटाएँ । केही मेरो पसिना र धेरै हरेक दिन भेटिएका असल मान्छेहरुको असल सहयोगले मैले एक करोड सत्तरी लाख रूपैयाँ आफ्नै हातले गनेर/छामेर सिध्याएँ । जुजुले फेसबुकमा लेख्यो, "पुष्कर शाह संसारको सबैभन्दा खतरनाक माग्ने ! मागेरै संसार जित्यो !" आदमले सोधेजस्तो संसारमा जूनको आकार कहीँ पनि फरक थिएन । ताराहरुको रङ्ग फरक थिएन । सूर्य कहिल्यै फरक दिशाबाट उदाएन । न त भगवान् बुद्धको अर्कै जून उदायो ! न त अल्लाहको अर्कै सूर्य उदायो ! न त जिससको अर्कै आकाश देखियो ! न त करोडौँ भगवान् भएका हिन्दूहरुको छुट्टै संसार भेटियो ! संसारमा म जहाँ जहाँ पुगेँ, त्यहाँ एउटै सूर्य, एउटै चन्द्रमा र एउटै आकाश देखेँ । हरेक आस्थाका मान्छेहरु एकाबिहानै संसारको पहिलो सूर्योदय हुने ठाउँमा गयौँ भने पनि त्यहाँ त्यही एउटै सूर्य उदाउनेछ, जुन मैले संसारका थुप्रै गोलार्द्धमा देखेँ । हरेक आस्था, विचार, रङ्गका मान्छेहरुले उही ताप र उही उज्यालो उही समयमा पाउँछन् । प्रकृतिले हामीलाई कहिल्यै विभाजन गरेको छैन, न त गर्नेछ । संसार एउटा घर हो ! हामी त्यसका परिवार हौँ ! विश्वमा शान्ति फैलिरहोस् !
Trademark Disclaimer:
All trademarks, book titles, and brand names are the property of their respective owners and are used solely for identification purposes.
![उसले रोजेको बाटो [Usle Rojeko Bato]](https://api.bookslandnepal.com/images/43864558-1760083187149.jpg?size=sm)
![लङ्गडाको साथी [Langadako Sathi]](https://api.bookslandnepal.com/images/42508285-1760083111847.jpg?size=sm)
![मेरो पट्टु, मेरो बिरालो [Mero Pattu Mero Biralo]](https://api.bookslandnepal.com/images/155027506-1773649584666.jpg?size=sm)


